आजको फलफूल तथा तरकारीको मूल्य

५ चैत्र २०७९, आईतवार १२:२५

 कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँ, अदुवा १०० रुपैयाँ, रातो आलु २३ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी रहेका छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २७० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ४०  रुपैयाँ, पुदिना २२० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ । यस्तै, ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो ४० रुपैयाँ, भिण्डी १०० रुपैयाँ केजी र हरियो धनियाँ ३० रुपैयाँ पाइने छ ।

कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँ रहेको छ ।