दुर्गा पसाईंले गरे काठमाडौंको थापाथली स्थितको युयनपार्क बेचिएको खुलासा

४ चैत्र २०७९, शनिबार २१:४२

सामाजिक अभियान्ता दुर्गा पसाईंले काठमाडौंको थापाथली स्थितको युयनपार्क बेचिएको खुलासा गरेका छन् ।

शनिबार काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुराको खुलासा गरेका हुन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टनकपुर र कोशी कसले बेचेको हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै दुर्गा पसाईंले देशद्रोहीको गतिविधी गरिरहेको तर सरकार चुपचाप बसेको एमाले अध्यक्ष ओलीले बताएका थिए ।

ओलीले बोलेका कुराको प्रतिवाद गर्दै ओलीलाई उल्टै प्रश्न गरेका छन् ।यस्तै उनले उक्त कार्यक्रममा बोल्दै टनकपुर र कोशी नेताहरुले बेचेको बताए । उनले कार्यक्रममा बोल्दै भने,“हजुर बुवाले के भन्नु भएछ भने एक जना मान्छे हिडिरहेको छ । अभियान चलाएर पक्रेर थुन्नु पर्दैन । बाख्रो पाठो पक्रेर थुन्ने जस्तो कुरा गर्नु हुन्छ । मैले राष्ट्रिघाती काम गर्दै छ । त्यो मान्छेले । मैले उहाँलाई प्रश्न गर्न चाहान्छु । टनकपुर कल्ले बचेको थियो ? कोशी कल्ले बेचेको थियो ? दुर्गा पसाईले कि तपाईहरुले ? म उहाँहरुलाई सोध्न चाहान्छु । बालुवाटारको जग्गा दुर्गा पसाईं नाममा छ कि कम्युष्टिहरुको छोराको नाममा छ ? आज सिहंदरवार बेचिदै छ । तपाईंहरुले यो कुरा बुझ्नुहोस । युयनपार्क बेचिएछ भर्खर चार दिन अगाडी मात्रै मैले थाहा पाएको ।”

उनले युयनपार्कमा ठुलो चर्ज बन्दै गरेको समेत खुलासा गरे ।