नेपाल उद्योग परिसंघले दिए राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई

३ चैत्र २०७९, शुक्रबार २१:३७

नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाल उद्योग परिसंघले बधाई दिएको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शितल निवासमा बधाई दिएको हो ।

सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट राष्ट्रपति पौडेललाई बधाई एवं शुभकामना दिनुहुँदै मुलुकको चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको विषयमा निजी क्षेत्रको तर्फबाट सुझाव दिए । अध्यक्ष अग्रवालले समष्टिगत अर्थतन्त्रको मागमा उच्च कमी आउँदा अर्थतन्त्र विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै अर्थतन्त्र सुधारका लागि मागमा वृद्धि ल्याउनुपर्ने, ब्याजदर घट्नुपर्ने बताए ।

परिसंघले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको ‘रिबुटिङ नेप्लिज इकोनिमी’ अवधारणा राष्ट्रपति समक्ष पेश गरे । परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेलले परिसंघको सुझाव सरकारलाई दिने र ध्यानाकर्षण गराउने बताए ।