राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच पहिलो औपचारिक भेटवार्ता

३ चैत्र २०७९, शुक्रबार २०:५९

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडलबीच पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि यो पहिलो औपचारिक भेटवार्ता हो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

यस्तै उपराष्ट्रपतिमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का नेता रामसायप्रसाद यादव निर्वाचित भएका छन् ।