हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत ‘काउली’ सार्वजनिक गरिएको छ । लोक लयमा आधारित उक्त गीतमा लोक गायिका शान्तिश्री परियारले उनलाई साथ दिएकी छिन् । गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन् । भिडियोमा उनीसँगै पहिलो पटक प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् ।
गीतको भिडियोमा चेलबेटी बेचबिखन विरुद्धको सन्देशसमेत दिन खोजिएको छ । गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।
