नायिका वर्षा शिवाकोटी विवाह बन्धनमा बाडिएको एक वर्ष नपुग्दै विवाह सम्बन्ध टुटेको छ । उनले गत वैशाखमा अमेरिकामा बस्दै आएका आशिष गेलासंग गरेकी थिइन् ।
गत सोमबार आशिषले झापाकी समीक्षा विमली नामकी एक युवतीसंग बाजा बजाएर विवाह गरेका छन् । उनले बाजा बजाएर विवाह गरेको भिडियो र तस्विरहरु बारिएको छ । उक्त भिडियो र तस्विर बाहिरिएसंगै आशिष र वर्षाको वैवाहिक सम्बन्ध टुटेको पुष्टि हुन्छ ।
वर्षाले सामाजिक सञ्जालमा गत वैशाखमा आशिषसंग विवाह भएको सार्वजनिक गर्दै लेखेकी थिइन्, “परिवार र निकट साथीहरुका माझमा २०२२ अप्रिल २२ मा विहे गरेको खबर सार्वजनिक गर्न पाउँदा हामी खुसी छौ । हामीले नयाँ जिन्दगीको सुरुवात गरेको छौं । तपाईंहरु सबैले दिएको माया र सहयोगका लागि धेरै धन्यवाद ! सुप्रेम आशिष र वर्षा ।”
तर, अचानाक उनीहरु बीचमा के भयो ? बीचमा यी दुवैबीच सामजिक सञ्जालमा फलो र अनफलोको क्रम चल्न थाल्यो । यस्तै क्रम चलेपछि दुवैको सम्बन्ध बग्रिएको अनुमान गएिको थियो । यी दुवैले आफ्नो सम्बन्धको बारेमा केही सार्वजनिक गरेनन् । एकाएक वर्षाको इन्ष्टाग्रामबाट विवाहको फोटो डिलिट भएको थियो ।
यस्तै आशिषले विहे गरेको भिडियो र तस्विर बाहिरिएपछि वर्षाले दुई महिनाअघि कानुनी रुपमै आफुहरु अलग भएको बताइन् । छिटो विवाह गर्दा एकले अर्कालाई बुझ्न नसकेको र असमझदारी भएको वर्षाको भनाई रहेको छ ।
परिवार तर्फबाट मागेर छिटो विहे गरियो । एकअर्कालाई बुझ्न सकिएन । असमझ्दारी भयो उनले भनिन् ।
