प्रधानमन्त्री प्रचण्डले प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको दिने

३ चैत्र २०७९, शुक्रबार १०:०९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट खेलाडीहरुलाई बधाई तथा दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले क्रिकेट खेलाडीहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बधाई तथा दिएका हुन् । यस्तै उनले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको दिने पनि घोषणा गरेका छन्।

बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री दाहाल आफैं उपस्थित भएर खेलाडीलाई हौसला प्रदान गरेका थिए । विश्व क्रिकेट लिग–२ मा बिहीबार यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको छ ।