पुरानै अवस्थामा देखियो प्रधानमन्त्रीको ट्विटर अकाउन्ट

२ चैत्र २०७९, बिहीबार १६:०२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ट्विटर अकाउन्ट पुरानै स्वरुपमा फर्किएको छ ।

बुधबार बेलुकादेखि असान्दर्भिक ट्विट रिट्विट भएपछि प्रधानमन्त्रीको ट्विटर ह्याल्डल ह्याक भएको आशंका गरिएको थियो ।प्रधानमन्त्रीको सचिवालयले ट्विटर ह्यान्डलमा प्रवेश गरी रिट्विट गरेकोप्रति छानबिन भइरहेको र ट्विटर अकाउन्ट सुचारु भएको जानकारी गराएको छ ।