यूएईविरुद्ध कुशल भूर्तेलले अर्धशतक

२ चैत्र २०७९, बिहीबार १५:४४

विश्व क्रिकेट लिग–२ क्रिकेटको अन्तिम खेलमा यूएईविरुद्ध कुशल भूर्तेलले अर्धशतक पूरा गरेका छन्। ३२ बलमा उनले ४ छक्का र ३ चौका प्रहार गर्दे ५० रन पूरा गरेका हुन्।

३ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ। अहिले भुर्तेल र भीम सार्की क्रिजमा छन्। कप्तान रोहित पौडेल १६, कुशल मल्ल ५ रन बनाएर आउट हुँदा आसिफ शेख शून्य रनमा पेभिलियन फर्किए।

आजको खेल जिते नेपाल सोझै विश्वकप छनौैटमा प्रवेश गर्नेछ।