श्याम गुप्ता
पुस ७,बारा
बारामा बिना पूर्वाधार आँफू खुसी प्लटिङ्ग गर्ने प्रवृत्ति बढेको छ । बढ्दो जनसंख्या र सहरीकरणले मापदण्ड विपरीत अव्यवस्थित बस्तीको विकास हुँन थालेको छ ।
नयाँ संरचना बनाउँदा सहर बजार र उत्पादनशील जमिनमा घडेरी किन बेच हुँन थालेको छ । बाराको निजगढ नगरपालिका क्षेत्र भित्र बिना स्वीकृति अव्यवस्थित रुपमा जग्गा प्लटिङ्ग गर्ने कार्य व्यापक रुपमा बढेको हो ।
सरकारले निजगढ नगरपालिकालाई स्मार्ट सिटी तथा निजगढमा फास्ट ट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थल बन्ने लगभक पक्का भए पछि यस नगरपालिका भित्रका खेती योग्य जमिन मापदण्ड बिना नैं मनपरी ढंङ्गले प्लटिङ्ग र बिक्री वितरण गर्ने कार्य अघि बढेको छ । भूमाफियाले न्यूनतम मापदण्ड सडक , खानेपानी , टेलिफोन , सडकको मापदण्ड पूरा नगरी खण्डीकरण गरेका छन् ।

नगरपालिकामा कुनै सूचना नगरी आँफू खुसी मापदण्ड पुरा नगरी प्लटिङ्ग भई रहेको निजगढ नगरपालिकाका सुचना प्रमुख नबिन खनालले बताए । उनले प्लटिङ्ग होईन जग्गाको कटिङ्ग भईरहेको बताए ।
आधारभूत आवश्यक्ता समेत पूरा गरेका छैनन , अब नियन्त्रण र कारवाहीको प्रक्रिया अगाडी सार्ने उनी बताउँछन् । यसका लागि मालपोत तथा नापी कार्यालयलाई कित्ताकाटका लागि सिफारिस गरिने उनको भनाई छ ।
पछिल्लो समय गाउँ रित्तिदो छ , खेती योग्य जमिन मासिँदै छ । विभिन्न सेवा सुविधाका नाममा बसाई सर्ने क्रम बढेसँगै पछिल्लो समय निजगढको जमिन बाँझिन थालेको छ । केहि बर्ष अघिको तुलनामा अहिले जग्गाको मुल्य आकश जमिनको फरक पाईन्छ । सरकारले निजगढ नगरपालिकालाई स्मार्ट सिटी बनाउँने तयारी गरेता पनि यसको व्यवस्थितमा सरकार र सम्बन्धित निकायको ध्यान जान सकेको छैन । 
मापदण्ड बिना नैं मनपरी ढंङ्गले जग्गा कारोबार गर्ने व्यक्तिहरु प्लटिङ्ग गर्दा खाद्यान्य उत्पादनमा समेत कमी भएको विज्ञहरुको भनाई रहेको छ । प्लटिङ्ग रोकेर खेती योग्य जमिन बचाउँन स्थानीय प्रशासन र सरकारले नंै उचित पहल कदम नगरेको स्थानीको आरोप छ । पछिल्लो समय कृषि पेशामा धनी मानिएको बारामा उत्पादन हुँने गरेको अन्नबालीले मुलुकको विभिन्न जिल्लाहरु पु¥याईने गरिन्थ्यो । तर , यसरी दिन प्रति दिन खेती योग्य जिमनलाई प्लटिङ्गको नाममा माशिदै जाने हो भने मुलुकको अन्य जिल्लाको त कुरै छोडौं बारामा अन्य जिल्लाबाट भित्र्याउँने अवस्था नआउला भन्न सकिन्न ।

