यूएईविरुद्ध नेपालले लियो चौथो विकेट

२ चैत्र २०७९, बिहीबार १२:०३

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले चौथो विकेट लिएको छ । ​नेपाललाई चौथो सफलता दिलाउनेक्रममा दीपेन्द्र सिंह ऐरीले आसिफ खानलाई ३ रनमा गुलशन झाबाट क्याच गराए । यूएईले तेस्रो विकेटको रूपमा सिपी रिजवानलाई ७ रनमा रनआउटको रूपमा गुमायो । नेपालका लागि ललित राजवंशीले दोस्रो ओभरको पाचौं बलमा यूएईका आर्यन लाक्रालाई बोल्ड आउट गर्दै ब्रेकथ्रू दिलाए ।

दोस्रो विकेटका लागि नेपाललाई १६औ ओभर कुर्नुपर्‍यो । दोस्रो विकेट लिनेक्रममा स्पिनर सन्दीप लामिछानेले यूएईका कप्तान मोहम्मद वसिमलाई ६३ रनमा आउट गरे । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको यूएईले यो समाचार तयार पार्दासम्म २९ ओभरमा ४ विकेट गुमाएर १३३ रन बनाएको छ ।