
e}/xjf, @$ r}tM
;’g;fg n’lDagL
sf]/f]gf efO/; -sf]le8–!(_ sf] ;ªqmd0fnfO{ /f]syfd tyf Go”gLs/0f ug{ ;/sf/n] nfu” u/]sf] ns8fpgsf] ;dodf ;’g;fg b]lvPsf] n’lDagL . t:jL/M sdn /fodfemL÷/f;;
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानबाट १ करोड ३ लाख ७ हजार रुपैयाँ उठेको छ ।
बुधबार सकिएको गणनामा योपटक कोभिडपछि धेरै भेटी संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचर) ले जानकारी दिए ।
आइतबार कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा दानपत्रको रकम गणना सुरु गरिएको थियो । आइतबार ११ लाख ८२ हजार, सोमबार ३६ लाख २८ हजार मंगलबार ३२ लाख ५० हजार, बुधबार २२ लाख ४७ हजार रुपैयाँ संकलन भएको राजस्व शाखाका विकास लामाले जानकारी दिए । फागुन २८ देखि बुधबारसम्म चार दिनसम्म लगातार ४० जना गणकबाट संकलित रकम गणना गरिएको थियो ।
अघिल्लोपटक मंसिर २८ देखि पुस १ सम्म चार दिन लगाएर दानपत्र खोलिएको थियो । अहिले विदेशी पर्यटकहरूको संख्या बढेकाले पनि दान रकम बृद्धि भएको कोषले जनाएको छ ।
