राष्ट्रपति रामचन्द्र पौडेलको चौतर्फी आलोचना भएपछि राष्ट्रपति कार्यालयले बेवसाइटको तस्वीर परिवर्तन गरेको छ ।
बुधवार पौडेलको नयाँ तस्वीर राष्ट्रपति कार्यालयले अपडेट गरेको हो । यसपटकको तस्वीर वास्तविक देखिएको छ । पहिलोपटक सार्वजनिक गरिएको औपचारिक तस्वीरमा अनावश्यक सम्पादन गरिएको सम्बन्धी समाचारआएका थिए ।
त्यसपछि राष्ट्रपति पौडेलको सामाजिक सञ्जालदेखि विभिन्न मिडियामा यसबारे चर्चा र आलोचना भएको थियो । उक्त तस्वीरमा राष्ट्रपति पौडेलको अनुहारको कोठी हटाइएको थियो भने अनुहारमा देखिने वृद्धाबस्थाका निशानहरूलाई पनि मेटाइएको थियो ।
