
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले बिहीबार (चैत २ गते) देखि लागू हुनेगरी दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढाएको छ ।
संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाउने भएको छ । मूल्य बढेसँगै अब निलो प्याकेटको दूधको मूल्य ९७ रुपैयाँ पर्नेछ । हाल यसको मूल्य प्रतिलिटर ८६ रुपैयाँ रहेको छ ।
