प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते सोमबार विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री दाहालले पार्टीका सांसद तथा मन्त्रीलाई उक्त दिन कतै कार्यक्रम नपार्न निर्देशन दिइसकेको छन्। नेपाली कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै वर्तमान सरकाराबट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिएका छन् ।
यसबीच, एमाले तथा राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिइसकेका छन् भने रास्वपाले भने समर्थन कायमै राखेको छ ।
प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिएपछिमात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी भैरहेको बताइन्छ ।
