ग्रिन डेभलपमेन्ट बैंकको हरि बहादुर बुढाथोकी सिइओको रुपमा नियुक्त

१ चैत्र २०७९, बुधबार १३:२१

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा हरि बहादुर बुढाथोकीलाई नियुक्त गरेको छ । कम्पनीले चैत १ आज (बुधबार) देखि लागु हुने गरी उक्त पदमा नियुक्त गरेको हो ।बैंकको फागुन ३० गते बसेको संचालक समितिको बैठकको निर्णयले बुढाथोकीलाई सिइओ पदमा नियुक्त गरेको हो ।