
आईसीसी विश्वकप क्रिकेट लिग २ को अन्तिम खेलमा यूएईविरुद्ध पीएनजीले ३४ ओभरमा चार विकेट गुमाउँदै ११८ रन बनाएको छ। त्रिवि क्रिकेट मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा टस जितेर ब्याटिङ थालेको पीएनजीका लागि ओपनर किप्लिन डोरिगाले ६० बलमा तीन चौकासहित २४ रन जोडेका थिए। अर्का ओपरन हिरी हिरी चार रनमा आउट हुँदा सेसे बाउ ९ रनमा पेभिलियन फर्के। अहिले क्रिजमा कप्तान आसाद भाला ७० बलमा पाँच चौका र एक छक्कासहित ४९ रन बनाएर खेलिरहेका छन्।
यस्तै, चार्ल्स अमिनी २२ रन बनाएर आउट भए। भालासँगै क्रिजमा रहेका गाउडी टोकाले दुई रन बनाएका छन्। यूएईका लागि हजरत बिलालले ६ ओभरमा २२ रन खर्चिएर सर्वाधिक तीन विकेट लिएका छन्। यस्तै रोहन मुस्तफाले एक विकेट लिएका छन्।
