रुस–युक्रेन युद्धको बीचमा मङ्गलबार ब्ल्याक सी मा भएको घटनाक्रमले सारा विश्वको ध्यान केन्द्रित गरेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा रुसी सुखोई–२७ विमान अमेरिकाको रिपर ड्रोनसँग ठोक्किएको खबर आएको छ । तर, यस घटनालाई लिएर अमेरिका र रुस दुवैले फरक–फरक अभिव्यक्ति दिएका छन् । यस विषयमा दुवै देशले कूटनीतिक तहमा विरोध जनाएका छन् ।
यस्तो अवस्थामा, ब्ल्याक सी मा के भयो भनेर जान्न महत्त्वपूर्ण छ । यो घटनाबारे दुवै देशको आधिकारिक धारणा के छ रु काला सागर क्षेत्र किन दुबै देशका लागि यति महत्त्वपूर्ण छरु यस्तो घटना यसअघि पनि भएको थियो रु यो बाहेक यो भिडन्तमा के हुन सक्छ रु
अमेरिकाको धारणा
अमेरिकी वायुसेनाका अधिकृत जनरल जेम्स हेकरले आफ्नो एमक्यू–९ विमान अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडानमा रहेको बताउदै यसै क्रममा रुसी जेट जानाजान अमेरिकी ड्रोनको अगाडि आयो र टक्कर मारेको बताएका छन् । मानवरहित ड्रोन पूर्ण रूपमा क्षतिग्रस्त भएको उनले बताए । ब्ल्याक सी वास्तवमा त्यो क्षेत्र हो जसको सिमाना रूस र युक्रेनसँग मिल्छ । युक्रेनलाई लिएर यस क्षेत्रमा लामो समयदेखि तनाव छ ।
अमेरिकी रक्षा विभाग पेन्टागनका प्रेस सेक्रेटरी प्याट राइडरले दुईवटा रुसी सु–२७ विमानले अमेरिकी वायुसेनाको गुप्तचर, निगरानी र टोही मानवरहित एमक्यू–९ ड्रोनलाई पछ्याएको बताएका छन् ।
जेटहरूसँग टक्कर हुनु अघि लगभग ३०(४० मिनेटसम्म एमक्यू–९ को अगाडि धेरै पटक उडान गरेको उनको भनाई छ । पछि एक रुसी विमान जानाजानी अमेरिकी ड्रोनमाथि आयो र ड्रोनमाथि इन्धन खसालेको थियो । घटनाको केही समय पछि, सुखोई२७ ले ड्रोनको प्रोपेलरलाई ठक्कर दियो र क्षति पुर्याएको बताइएको छ ।
रूसको भनाई
अर्कोतर्फ रुसको रक्षा मन्त्रालयले अमेरिकी ड्रोन आफ्नो सिमाना नजिकै उडिरहेको र यसै क्रममा अन्तर्राष्ट्रिय सिमानाबाहिर रहेको क्षेत्रमा पुगेको बताएको छ । यसपछि रुसी वायुसेनाले आफ्नो लडाकु विमानलाई अगाडि बढायो । रुसका अनुसार लडाकु विमानको कौशलताका कारण अमेरिकी ड्रोनले नै नियन्त्रण गुमाएर लगातार उचाइ गुमाउँदै ब्ल्याक सी मा खसेको थियो ।
रुसले आफ्नो लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएन तर ड्रोन ब्ल्याक सीमा खसेको स्पष्ट पारेको छ । रुसले आफ्नो लडाकु विमानले कुनै पनि हतियार प्रयोग नगरेको र विमानहरू ड्रोनसँग सम्पर्कमा नआएको दाबी गरेको छ ।
उल्लेखनीय कुरा के छ भने, रुसले क्राइमिया नजिकको सीमा क्षेत्रमा निगरानी प्रणाली स्थापना गरेको छ र यस क्षेत्रलाई अन्य देशहरूको लागि सीमा बन्द गरेको छ । तर, अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि देशले अर्को देशको सिमाना नजिकको क्षेत्रलाई सीमाभन्दा बाहिरको घोषणा गर्न सक्दैन ।
अमेरिकी सैन्य ड्रोन खसेको घटनामा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले रुसी राजदूत अनातोली एन्टोनोभलाई बोलाएर कडा आपत्ति जनाएको बताएका छन् । रुसका लागि अमेरिकी राजदूत लिन ट्रेसीले पनि रुसी विदेश मन्त्रालयलाई कडा सन्देश दिएको प्राइसले बताए । उनले यस विषयमा रुससँग वरिष्ठ नेताको तहमा कुरा गरिरहेको बताए । यो असुरक्षित र अव्यवसायिक घटना थियो।
अर्कोतर्फ रुसी राजदूत एन्टोनोभले यस घटनालाई लिएर सावधानी अपनाउनुपर्ने बताएका छन् । उनले अमेरिकाले अझै पनि क्रिमियालाई रुसको हिस्सा नमानेको तर रुसलाई उक्साउन आफ्नो ड्रोन प्रयोग गर्नु आवश्यक रहेको बताए ।
