बाहिर समिक्षा चर्चा एउटा हुन्छ आन्तरिक जीवनमा मूल्यांकन अर्को ढंगबाट हुन्छ: महेश बर्तौला

३० फाल्गुन २०७९, मंगलवार १९:०४

नेकपा (एमाले) ले युवाहरुलाई नेतृत्व विकास गर्ने अवसर दिएको एमालेका सांसद एवम् प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन् ।

सांसद बर्ताैलाले आज पत्रकारसंग कुरा गर्दै सो कुरा बताएका हुन् । उनी गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधी सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजारभन्दा बढी मत अन्तरले पछि पार्दै निर्वाचित भएका थिए ।

सांसद बर्तौलाले जनताबाट निर्वाचित भएपछि कही गर्छ भन्ने विश्वास हुनु स्वभाविक भएको पनि बताए । कतिपय अवस्थमा नेतृत्वले पर बसेर हेर्दा खेरी कहिलेकाही बाहिर समिक्षा चर्चा एक खालको भएपनि आन्तरिक जीवनमा मूल्यांकनको पाटो अर्काे ढंगबाट हुनसक्ने उनले बताए ।

नेतृत्वले मूल्यांकन गर्दा विभिन्न आयमहरुबाट गर्न खोजिएको हुने उनले उल्लेख गरे । यस्तै प्रचार एउटा दृष्टिकोणबाट हुनसक्ने तर मूल्यांकनको आयम धेरै हुनसक्ने उनले बताए । त्यसकारण कहिलेकाही प्रचारमा आएको व्यक्तिले जिम्मेवारी नपाएको हुनसक्ने बताए ।