देवेन्द्रको ‘म त पर्खेको पर्ख्यै छु’लाई युट्युवमा १ करोड पटक हेरियो

३० फाल्गुन २०७९, मंगलवार १२:१२

देवेन्द्र बब्लू यतिबेलाका चर्चित गायक बनेका छन्। उनको ‘म त पर्खेको पर्ख्यै छु’ गतवर्ष युट्युव च्यानलमार्फत् सार्वजनिक भएको थियो। लोकप्रिय बनेको उक्त गीतलाई युट्युवमा १ करोड पटक हेरिएको छ। गायक देवेन्द्रले युट्युवमा १ करोड भ्युज पुगेपछि ‘सेलिब्रेट’ गरेका छन्। उनको करोड क्लबमा प्रवेश गरेको यो पहिलो गीत हो।