दुई जना भारतीय प्रतिबन्धित रूपैयाँसहित पक्राउ

३० फाल्गुन २०७९, मंगलवार १२:०२

नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ३ लाख ३५ हजार सहित २ जना अमेरिकी नागरिक पक्राउ परेका छन् । उनीहरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अमेरिकी नागरिक ६९ वर्षीय THUPTEN GELEK LHASAWA र ५९ KALSANG CHODON वर्षीया रहेका छन् ।भिस्तारा एयरको उडानद्धारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा भारतीय रूपैयाँ फेला परेपछि पक्राउ गरिएको थियो । यस सम्बनधमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।