राष्ट्रपति रामचन्द्र पौडेललाई चीनले दियो बधाइ

२९ फाल्गुन २०७९, सोमबार २१:३४

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चीनले बधाइ दिएको छ।

नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएकामा पौडेललाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।

उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गरे। राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहण गरेका हुन्। सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै उनले पदभार सम्हालेका हुन्।

उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका थिए। पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन्। निर्वाचित भएपछि सोमबार उनले पदभार सम्हालेका छन्।