राष्ट्रपति कार्यालयको वेबसाइटमार्फत नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको आधिकारिक तस्वीर सार्वजनिक भएको छ ।पौडेलले पद तथा गोपनीयताको शपथ लिएर पदभार सम्हालेपछि वेबसाइटमार्फत आधिकारिक तस्वीर सार्वजनिक भएको हो ।राष्ट्रपतिको तस्वीर देशभरका सरकारी कार्यालयमा झुन्ड्याउने प्रचलन छ ।
५ वर्षे कार्यकालका लागि पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतवार राति सम्पन्न भएकाले पौडेलले सोमवार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
