प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइका क्रममा सरकारका तर्फबाट आँखीझ्याल उपहार दिएका छन्।
सोमबार शीतलनिवासमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सपथ लिएसँगै दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीलाई बिदाइ गर्दा प्रधानमन्त्रीले आँखीझ्याल उपहार दिएका हुन्।
प्रधानमन्त्री प्रचराष्ट्रपति ण्डले भण्डारीलाई मयूरको बुट्टा अंकित विशेष प्रकारको आँखीझ्याल उपहार दिएका छन्। भण्डारी ११ कात्तिक २०७२ मा पहिलो पल्ट र २९ फागुन २०७४ मा दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।
शीतलनिवासबाट बिदाबारी भएसँगै निवर्तमान राष्ट्रपति भण्डारी बालुवाटारस्थित छोरी उषाकिरणको घरमा बसेकी छन्। भण्डारीलाई आफ्नो घरमा आमालाई भित्र्याउँदा छोरी उषाकिरणले ब्राह्मण वटुकद्वारा मन्त्रोच्चारण र सगुन खुवाएकी थिइन्।
