रोहित ७७ रन बनाएर आउट भए

२८ फाल्गुन २०७९, आईतवार १३:०२

आइसिसी विश्वकप लिग(२ अन्तर्गतको घरेलु सिरिजको दोस्रो खेलमा युएईविरुद्ध नेपाली टिमका कप्तान रोहित पौडेल ७७ रनको इनिङ खेल्दै आउट भएका छन्।

रोहितले टिमलाई कमजोर अवस्थाबाट केही सम्मानजनक अवस्थामा पुर्‍याउँदै पेभिलियन फर्किए।रोहितले ११२ बल खेलदै ५० रन पूरा गरेका हुन्। उनले आफ्नो इनिङमा ९ चौका प्रहार गरे। उनी युएईका आयान अफ्जाल खानको बलमा ‘बिग सट’ खेल्ने चक्करमा कार्थिक मियापनद्वारा क्याचआउट भएका थिए।

अहिले नेपाल ३९ ओभरमा ५ विकेट गुमाएर १६४ रनमा खेलिरहेको छ। क्रिजमा आरिफ शेख ३६ रन बनाएर खेलिरहँदा उनलाई साथ दिन गुल्सन झा क्रिजमा आएका छन्।