जनमत पार्टीकी उमेदवार ममता झाले उपराष्ट्रपति पदका उमेदवार बनेका रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएकी छन् ।
झाले राष्ट्रपति पुरुष रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा महिला उमेदवार हुनुपर्ने भन्दै जनता समाजवादी पार्टीका उमेदवार यादवविरुद्ध उजुरी दिएकी हुन् ।
