आफ्नो आधिकारिक फेसबुक पेजमार्फत शुभचिन्तकहरुसँग उनले माफी मागेका छन्। चलचित्र ‘२.० छड्के’ले दर्शकलाई मात्र नभएर आफूलाईपनि निराश बनाएको उनको भनाई छ।
उनी सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेकाछन,
नमस्कार ! मलाई थाहा छ, मैले “२.० छड्के’ मार्फत मलाई माया गर्ने दर्शक हरुलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आईपुगे वहाँहरुलाईनै निराश बनाउदा म झनै दुखी भएको छु ! “२.० छड्के” मेरो नवौं सिनेमा थियो, नवौं सिनेमामा आईपुग्दा म झनै परिपक्व हुनु पर्थियो, यहाँनेर म चुक्न पुगे ! बिस्वस्त हुनुस, यो समय पनि बितेर जान्छ, घाम डुबेपछी फेरि भोलि नयाँ बिहानी हुन्छ, म भोलीको सुनौलो बिहानी मेरा दर्शक संग साट्नेछु, दुखेका घाउ हरूमा मल्हम लगाउने छु ! अब नवौं पछिको दशौं सिनेमा दश पछिको शुन्य हटेपछि बन्ने “एक” अर्थात आज म सुन्यमा छु र मेरो करियर्को पहिलो सिनेमा मेरो दशौ सिनेमा हुनेछ अर्थात मेरो करियरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमा बाट हुनेछ ! जब सम्म शुभचिन्तक र दर्शक हरूको साथ र सहयोग रहि रहने छ मेरो कोसिस निरन्तर जारी रहने छ ! पशुपतिनाथले हामी सबैको कल्याण गर्नु हुनेछ “
छड्के’ फ्लप भएपनि दीपक–दीपाको ‘छक्का पञ्जा ४’ले भने घरेलु बक्स अफिसमा आक्रामक कमाई गरिरहेका छ। ‘२.० छड्के’ अनमोलको नवौँ सिनेमा हो। नवौँ सिनेमासम्म आइपुग्दा परिपक्व हुनुपर्नेमा आफू झनै चुकेको उनको दाबी छ।
