युनिलिभर नेपालको चर्चित ब्रान्ड लाइफब्वायले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) पुरुष क्रिकेट विश्वकप लिग २ प्रतियोगिताको लागि आधिकारिक हाइजिन पार्टनर बनेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने आइसिसि पुरुष क्रिकेट विश्व कप लिग २ को लागि हाइजिन पार्टनको रूपमा लाइफब्वायको संयोजन खेलकुदमा स्वच्छता र सरसफाई प्रवद्र्धन गर्न एक महत्वपूर्ण भुमिका खेल्नेछ ।
लाइफब्वायले टूर्नामेंट को अवधिभर हात स्वच्छताको बारेमा हैसला प्रदान गर्नेछ । युनिलिभर नेपालको तर्फबाट हाइजिन पार्टनरको रूपमा लाइफब्वायले नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शन र सफलता लागि शुभकामना व्यक्त गरेको छ ।
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा आयोजना गरिएको त्रिदेशीय क्रिकेट प्रतियोगिता हो ।
दुबईमा सम्पन्न त्रिदेशीय श्रृङ्खलामा नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा युएई र पीएनजीसँग खेलेका चारमध्ये तीन खेलमा जित हात पारेको थियो । तीन टोलीले नेपालमा अर्को त्रिदेशीय शृंखलाका लागि मार्च १ देखि १६सम्म भिड्ने छन् ।
