राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सहकार्य गर्ने पक्का

२६ फाल्गुन २०७९, शुक्रबार ११:५४

राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सहकार्य गर्ने पक्का राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोष बीच सहकार्य, कार्यगत एकता, आपसी सहयोग र दुवै पक्षका बीचमा हुने बिभिन्न किसिमका कारोवारलाई निरन्तरता दिने र दुवै संस्थाबीचको सुमधुर सम्बन्धलाई भविष्यमा अझ थप मजबुत बनाउँदै डिजिटल प्रबिधिको उच्चतम प्रयोगमा जोड दिने उद्देश्यले सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन्।कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता कार्यालयहरुको योगदान रकम संकलन गर्नका लागि यस अघिदेखि राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई कम्प्युटराइज्ड गभर्मेन्ट अकाउन्टिङ सिस्टम (सीजीएएस) प्रणालीबाट सहभागीहरुको कट्टी रकम पठाउँदै आएको कार्यलाई निरन्तरता दिँदै आएको छ।