शेयरधनीहरुलाई उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने

२६ फाल्गुन २०७९, शुक्रबार ११:५४

शेयरधनीहरुलाई लाभांश उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले नदिने भएको छ ।

कम्पनी सचिव नारायण अधिकारीका अनुसार सञ्चालक समितिको हिजो अपरान्ह बसेको बैठकले आव २०७८/७९ को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको जनाएका छ।

सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।