नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ । हिजो काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले सो एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेकोको जनाएको छ ।
प्राधिकरणले बिहीबारको घटनाको छानबिन थालेको छ भने छानबिन नसकिएसम्मका लागि सबै जहाज ग्राउन्डेड गराएको हो । प्राधिकरणले यसबारे कम्पनीलाई पत्र काटेर जानकारी गराएको छ ।
बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेपछि काठमाडौं नै आकस्मिक अवतरण गराइएको थियो । उडान नं.८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको धार्केबाट फर्काइएको हो।
विमान त्रिभुवन विमानस्थलमा केहीबेर अघि सुरक्षित अवतरण गराइएको हो
