रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई बधाई दिएका छन्।
उनले शुभकामना दिँदै पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएको भन्दै बधाई दिएका हुन्। बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा पौडेललाई नौ वटा दलहरुले सहयोग गरेका थिए। उनीसँग नेकपा एमालेका सुभासचन्द नेम्वाङले प्रतिस्पर्धा गरेका थिए। निर्वाचन आयोगले भने अन्तिम मत परिणाम घोषणा गरेको छैन।
पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गरे, यस्तै उनका प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका छन् ।
