अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले विवाह गरेका छन् । केही वर्षअघिदेखिको प्रेम सम्बन्धलाई उनीहरूले आज विवाहमा परिणत गरेका हुन्।
बुधबार उनीहरूले इंगेजमेन्ट गरेका थिए। सुरक्षाले विवाहको फोटो सार्वजनिक गरेकी छन्। लामो समयसम्म उनीहरूले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेका थिएनन्।
