दुर्गा प्रसाईं समूहको कालोमोसो अभियानका संयोजक थापा पक्राउ

२४ फाल्गुन २०७९, बुधबार १२:१४

चितवन घर भएका शम्भु थापालाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

दुर्गा प्रसाईं समूहको कालोमोसो अभियानका संयोजक भनिने थापाले सामाजिक संजालमा भिडियो पोष्ट गरेर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएका थिए । थापालाई चितवनको भरतपुरस्थित मालपोत चोकबाट पक्राउ गरिएको चितवनका एसपी रामेश्वर कार्कीले बताए । मंगलबार पक्राउ गरेर थापाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले ‘टिकटक’ लगायत सामाजिक संजालमा थापाले भिडियो पोष्ट गरेर धम्की दिएपछि आपत्ति जनाएका थिए ।