आज सेयर बजार कारोबार बन्द हुने

२४ फाल्गुन २०७९, बुधबार ११:४८

आज सेयर बजार कारोबार बन्द हुने भएको छ । सरकारले आज (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक विदा दिएकाले सेयर बजारको कारोबार बन्द हुने भएको  हो ।
अब सेयर बजारको कारोबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियो ।