द्वन्द्वकालिन मुद्दा टुग्याउन आग्रह गर्दा प्रचण्डले मान्नुभएन: ओली

२३ फाल्गुन २०७९, मंगलवार १४:४४

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नमान्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

ओलीले हिजो नेकपा एमाले पार्टी केन्द्रीय कार्यलय च्यासमा सांसदहरूलाई प्रशिक्षण दिदै उनले यस्तो कुरा बताएका हुन्। उनले भने, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा द्वन्द्वकालिन मुद्दा टुग्याउन आग्रह गर्दा प्रचण्डले मान्नुभएन । कहिले के भनेर कहिले के भनेर पन्छिनु भयो । ‘मैले प्रचण्ड र शेरबहादुरजीलाई पटकपटक भनें। द्वन्द्वका प्रमुख पक्ष र विपक्ष तपाईंहरु हो । यसको एउटा खाका बनाउँ । म दुवै हातका औंठा छाप गरीदिन्छु भने तर उहाँले वास्ता गर्नु भएन ।’