जंगबहादुर राणाको न्वारान भएको बल्कोट पौवा

२२ फाल्गुन २०७९, सोमबार ११:३६

जंगबहादुर राणाको न्वारान भएको बल्कोट पौवा (परशुरामेश्वर गुठी) को ऐतिहासिक महत्त्व रहेको छ ।

उनका वुवा बालनरसिंह आर्मी अफिसर थिए । उनी बारुदखाना प्युठानका प्रमुख थिए । १८६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गाको विवाद बढेपछि १८६९ मा जुम्लामा खटाइयो । श्रीमती गणेशकुमारीलाई जुम्ला लिएर गए । जुम्लामै गर्भवती भइन । त्यो बेला गर्भवती माइत जाने चलन थियो ।

जुम्लाबाट माइतघर गोरखा जाने क्रममा वाङलाको मथुरामा आइपुग्दा उनकी आमा गणेशकुमारी बिरामी परिन । वि.सं. १८७४ असार ७ गते मथुरा जंगलमा सात महिनामै जन्मिए । पाण्डे थरका स्थानीयले स्याहार सुसार गरेको र पछि मथुरा नजिकै बल्कोट लगेर राखेका थिए । त्यहा“ खनाल थरका ब्राहमणले गरिदिए । सुत्केरी दरिली भएपछि उनी माइतीघर गोरखा गएकी थिइन ।

श्री ३ महाराज प्रधानमन्त्री जंगबहादुर राणाको पालामा तत्कालीन कर्नेल सनकसिंह टण्डनको नेतृत्वमा कालिगढले आधुनिक कलात्मक शैलीमा बनाएको पौवा र त्यसभित्रका मठमन्दिर असाध्यै सुन्दर र आकर्षक छन् । निर्माण सम्पन्न गर्न १० वर्ष लागेको थियो । यहाँका झ्याल, ढोका लगायतमा विभिन्न कलाकृति सजिएका छन् । पौवा नजिकैको मथुरा लाम्पाटीमा जन्मेका राणाको यही खनाल थरका ब्राह्मणले न्वारान गरिदिएका थिए । त्यतिबेला वीरनरसिंह नाम रहेको थियो ।

उनीजंगे स्वभावका भएकाले उनको नाम जंगबहादुर रहन गएको भनाइ छ ।इतिहास सम्बन्धी रुची राख्ने यस सम्बन्धी जानकार नारायण भट्टराइका अनुसार न्वारानको नाम वीरनरसिंह कुंवर थियो । वीरनरसिंह जंगे स्वाभावका भएकाले उनका मामा माथवरसिंह थापाले जंगबहादुर नाम राखिदिए । स्मरण रहोस जंगबहादुर राणाले राजा सुरेन्द्रबाट राणा उपाधि धारण गरेका थिए । राणा उनीहरूको थर थिएन । कालान्तरमा यो उनको थर हुन पुग्यो ।

राणा प्रधानमन्त्री भएपछि आफ्ना जेठान सनकसिंह टण्डनलाई पठाएर आफू जन्मेको ठाउ“ मथुरालाई दरबारै बनाए । कलात्म रूपमा निर्माण गरिएको बीसखुट्टे दरबार नेपालमै नौलो मानिन्छ । दरबार नजिकै मथुरा धाम रहेको छ । उक्त स्थानमा द्धापर युगमा भगवान श्रीकृष्णले बाललीला गरेको मानिन्छ । योगी नरहरिनाथले मथुरामा कोही होम लगाई अझ उँचो बनाउने काम गरेका थिए ।

पौवाको विषयमा तत्कालीन राजाश्री ५ सुरेन्द्र शाहको पालामा चारवटा लालमोहर लगाएका थिए । कर्नेल टण्डनको पालामाबल्कोट पौवा, मथुरा लामपाटी पौवा, गुल्मी र पाल्पाको सिमानामा रहेको मनवाकपौवा, ऋषिको बगैंचा, पाल्ला अर्गली बगंैचा, जोर्तेको पौवा र बाटाका गौमुखी धाराहरू निर्माण भएका थिए ।

पौवा निर्माण गर्ने सनकसिंह परशुराम खत्रीका जेठा छोरा हुन् । सनकसिंहले उक्त मन्दिर निर्माणका लागि ३ सय २७ रोपनी ११ आना ३ पैसा जग्गा खरिद गरेका थिए । थप४३ रोपनी जग्गा सरकारबाट दिइएको थियो । ‘बल्कोट पौवालाई रंगरोगन, चर्किएका संरचना पुनःमर्मत गरेर आकर्षक बनाइएको छ,’ छत्रदेव गाउँपालिका–२ कापूर्ववडाध्यक्ष राजेशकुमार पन्थीले भने, ‘भुईमा पनि टायल र ढुंगा बिछ्याइएको छ ।’ वाल, गेट, मठमन्दिर सबै संरचना पुनःनिर्माण गरिएका छन् । बल्कोट पौवा ऐतिहासिक महत्व बोकेको र धार्मिक पर्यटकीय स्थलका रूपमा रहेको उनले बताए । जीर्णबन्दै गएको पौवालाई महायज्ञ लगाएर आर्थिक संकलन गरी मर्मत सम्भार गरिएको छ ।

पौवा निर्माण गर्ने सनकसिंहको पनि सालिक निर्माण गरिएको छ । डा। गोविन्द टण्डन, चन्द्र टण्डन र जयबहादुर टण्डनले आर्थिक संकलन गरेर सालिक निर्माण गरेका हुन् । ऐतिहासिक महŒवको यस क्षेत्रलाई संरक्षण गर्ने सनकसिंहको सालिक निर्माण गरिएको चन्द्र टण्डनले बताए । यहाँ आएका पाहुनाले बल्कोट पौवामा तस्बिर खिचाएर फेसबुकमा राख्ने गर्छन् । युवकयुवती देखि पाका उमेरका धेरै पौवाका विभिन्न ठाउँमा टिकटक बनाउ छन् । टिकटकमा पौवा र अन्य संरचना देखाएर नाच्ने, तस्बिर खिच्ने गर्छन् । सामाजिक सञ्जालबाटै यो पौवाबढी भाइरल भएको छ । पौवाको अर्को भवनमा २ नम्बर वडा कार्यालय रहेको छ ।

जानकार भट्टराइका अनुसार राणाले आफु जन्मेको ठाउँ मथुरामा दरबार र न्वारान गरेको बल्कोटमा पौवा निर्माण भएको छ । राजनीतिमा चासो राख्ने नया“ पुस्तालाई अध्ययन गर्ने थालेको रूपमा रहेको उनले बताए । ‘इतिहास हो, राजनीति वृत्तमा जंगबहादुरको नाम बेलाबेला आइरहन्छ,’ उनले भने, ‘यसलाई संरक्षण गरिराख्नुपर्छ । इतिहासको अध्ययन स्थल, धार्मिक पर्यटकीय गन्तव्य रहेको छ ।’धार्मिक, पर्यटकीय र इतिहासका हिसाबले बल्कोट पौवाको बेग्लै महŒव रहेको छ । माओवादी द्वन्द्वका बेला पौवामा रहेका मूर्ति, घण्टा चोरी भएका थिए । पौवाभित्र बैठक बस्न मिल्ने हल छ । पुरानो तर, आधुनिक तरिकाले निर्माण भएको पौवा हेर्न टाढाटाढाबाट समेत पर्यटक आउछन् ।

अहिले बल्कोट पौवा छत्रदेव गाउँपालिका र प्रदेश सरकारको सहयोगलाई मर्मत सम्भार गरी चिटिक्क पारेपछि थपआकर्षक बनेको छ । पछिल्लो समय पौवामा घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको छ । काष्ठकलाको अद्भुत नमुना रहेको पौवासगै सत्तलबुर्जा मन्दिर तथाबगैंचा, विशाल घण्टा यहाँका थप आकर्षक हुन् ।

जिल्लाको पूर्वी क्षेत्रको बल्कोट गाउँको अग्लो भूभागमा रहेको पौवालाई संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउन र ऐतिहासिक महत्त्व बुझाउन आफूहरूले विशेष काम गरिरहेको छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए । ‘महत्वपूर्ण बल्कोट पौवा हाम्रो चिनारी पनि हो,’ उनले भने, ‘यसको संरक्षण गर्न कुनै कसर बाँकी राख्दैनौं ।