संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशीला सिर्पाली ठकुरीले नेपालको आर्थिक विकासको प्रमुख आधार पर्यटन बताएकी छिन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको एक गोष्ठीमा बोल्ने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सिर्पालीले नेपालको आर्थिक विकासको प्रमुख आधार पर्यटन बताएकी हुन् । विश्वका अग्ला १२ हिमालहरू मध्य ८ वटा हिमालहरू नेपालमा मात्र अवस्थित हुनु सामान्य कुरा नभएको बताउँदै उनले नेपालमा हिमाल, प्राकृतिक दृश्य, र बहुमूल्य जडिबुटी पर्यटन उद्योगको आधार भएको बताइन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको पर्यटन संस्कृति प्रवर्धन र सर्वाङ्गीण विकास अर्घाखाँची जिल्लामा आधारित १२ वटा कार्यपत्र पेस गरिएको थियो । अर्घाखाँची, लुम्बिनी प्रदेश, सहित समग्र नेपालको पर्यटन विकासका सम्बन्धमा वर्तमान अवस्था, पर्यटन विकासका आधार लगायतका विषयमा विभिन्न क्षेत्रका विज्ञहरूको कार्यपत्र पेस गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सचिवालयका मुख्य स्वकीय सचिव पारस पोखरेलले बताए ।
नेपालको समग्र पर्यटन विकासका सम्बन्धमा पुर्वसचिव सुरेश अधिकारी, डा.
मुकुन्द भण्डारी, अनुसन्धानकर्ता अशोक पाण्डे, डा.निमानन्द रिजाल, डा.मुक्ति रिजाल, इन्जिनियर मुक्ति अर्याल, डा.भीष्म भुसाल, डा.डेभिड भुसाल, समाजशास्त्रि हिम्मत सिंह लेकाली, तुल्सीदास गौतम लगायतका विभिन्न क्षेत्रका विज्ञहरूले कार्यपत्र पेस गर्नु एको थियो । कार्यक्रममा योजना आयोगका सदस्य राम कुमार फुयाँल, त्रिभुवन विश्वविद्यालयका विभागका प्राध्यापक, पूर्व सचिवहरू, अनुसन्धानकर्ता, लगायतका बौद्धिक ब्याक्तित्वहरुको सहभागिता रहेको थियो ।
