
अभिनेता पल शाहलाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन भएको छ ।
शुक्रबार उच्च अदालत पोखरामा न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै एक समूहले १ घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । उच्च अदालतले यौन दुर्व्यवहारलाई सामन्यिकरण गरेको भन्दै उच्च अदालत पोखराको प्रवेशद्धारमा केही युवायुववती भेला भएर प्रदर्शन गरेका थिए ।
‘न्यायालयले गल्ती गर्ने अधिकार छैन’, ‘पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार’, ‘न्यायालयले नै अन्याय गर्दा न्यायको अपील कहाँ गर्ने ?’ ‘पोलेर बोलेको’, ‘बलत्कारलाई प्रवद्र्धन गर्ने संस्कार बन्द गरौं’, लगायतको पम्पलेट विरोध प्रदर्शनमा सहभागीले बोकेका थिए ।
