ओलीले भेटे वामदेव गौतमलाई

१७ फाल्गुन २०७९, बुधबार १७:०९

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेटेका छन्। एमाले अध्यक्ष ओली नेता गौतमलाई भेट्न उनकै निवास भैंसेपाटी पुगेका थिए ।

राष्ट्रपतिमा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई अगाडि सारेको छ । राष्ट्रियसभाका सदस्य रहेको गौतमलाई ओलीले नेम्वाङको पक्षमा भोट समेत मागेका सचिवालयले जनाएको छ ।

साविक नेकपा विभाजनपछि निष्क्रय रहेका गौतमले अहिले कम्युनिष्ट एकता अभियान चलाएका थिए । अहिले उनले त्यसलाई पार्टीमा रुपान्तरण गरेका छन् ।

यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुदै छ । नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुदैछ ।