एमाले र काँग्रेसले राखे प्रदेश १ को नाम कोसी, माओवादी पनि भयो सहमत

१७ फाल्गुन २०७९, बुधबार १३:१४

प्रदेश १ को नामाकरण पहिचानको आधारमा गरिनुपर्ने माग राख्दै आएको नेकपा माओवादी केन्द्रले पनि ‘कोसी’कै पक्षमा मतदान गर्ने भएको छ ।

नेकपा माओवादी केन्द्रको भर्खरै बसेको संसदीय दलको बैठकले कोसीको पक्षमै मतदान गर्ने निर्णय गरेको हो । यसअघि नै नेकपा एमाले र नेपाली काँग्रेसले प्रदेश १ को नाम कोसी राख्न सहमत भइसकेका छन् ।

यो सँगै अब कांग्रेस र नेकपा एमालेले प्रदेशको नाम कोसी पेश गर्नेछन् । यसअघि माओवादी केन्द्रले पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेपनि अन्तिममा आएर कोसीमै सहमत हुने भएको हो ।