नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवम् प्रधानमन्त्री पुषकमल दाहाल “प्रचण्ड” पतनोन्मुख यात्रामा रहेको नेकपा एमाले महासचिव शंकर पोखरेलले टिप्पणी गरेका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उग्रवापन्थी अतिवाद पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय अत्मसमर्णवादमा पुग्छ भन्दै प्रचण्डलाई होच्याएका छन् ।
महासचिव पोखरेलले लेखेका छन्,“उग्रवामपंथी अतिवादको पतन कसरी चरम दक्षिणपंथी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा।” एमाले सरकारबाट बाहिरिएपछि माओवादीविरुद्ध तिखो आलोचना गर्न थालेको छ ।
