पल शाह हवाइजहाजमा काठमाडौं आए

१६ फाल्गुन २०७९, मंगलवार १५:२८

चर्चित अभिनेता पल शाह काठमाडौं आइपुगेका छन्। उनी पोखराबाट हवाइजहाजमा काठमाडौं आएका हुन्।

बलात्कारको आरोपमा जेलमा रहेका अभिनेता शाह सोमबार मात्रै जेलमुक्त भएका थिए। उनलाई पोखरा उच्च अदालतले आइतबार सफाइ दिएको थियो।

पल काठमाडौं आउने थाहा पाएपछि काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा उनका समर्थक र सञ्चारकर्मीहरुको भिड रहेको थियो ।