नेकपा एमालेका नेता विष्णु रिजालले एमाले अरू पार्टीजस्तो दुई डुंगामा खुट्टा राख्ने पार्टी नभएको बताएका छन् । नेकपा एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र प्रधानमन्त्रीलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेसँगै नेता रिजालले यस्तो बताएका हुन्।
एमाले केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभाग उपप्रमुख रिजालले पुस १० को सहमति तोडिएपछि सत्तामा बसिरहनु औचित्य नभएपछि सानदार उपस्थितिसहित प्रमुख प्रतिपक्षको भूमिकामा खरो उत्रिने प्रतिक्रिया दिएका हुन् ।
एमाले दैलेख जिल्ला सह–इन्चार्जसमेत रहेका नेता रिजालले भने, ‘नेकपा एमालेलाई कसैको नुन खाएर गुन तिर्नु छैन,अविश्वसनीय,धोकाधडी र षड्यन्त्रलाई अस्वीकार गर्दै सरकारबाट फिर्ता भएका छौं ।’
