कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको रहेछ: राजेन्द्र लिङदेन

१५ फाल्गुन २०७९, सोमबार १३:४९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको बताएका छन् ।

अध्यक्ष लिङदेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो कुरा बताएका हुन् । यस्तै उनले देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा भएको पनि उल्लेख गरेका छन् ।

नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक र देश बनाउन नसकीने र नबन्ने पनि उक्त स्टाटसमा लेखेका छन् । उनले सामाजिक सञ्जालमा लेख्छन्,“छोटो समय सरकारमा रहँदाका मेरा बुझाइहरु
● कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको रहेछ।
● देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ।
● नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेछ।
● देश बनाउन नसकीने र नबन्ने रहेनछ।
बनाउन सकिन्छ र बन्छ।”