यस्तो अवस्थामा जेलमुक्त भए पल शाह

१५ फाल्गुन २०७९, सोमबार १२:२८

अभिनेता पल शाह रिहा भएका छन्। उनी जिल्ला कारागार तनहुँबाट सोमवार रिहा भएका हुन्।

गएको वर्ष फागुन १५ गते शाहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आइतबार उच्च अदालत पोखराले शाहविरुद्ध अभियोगमा दाबी नपुग्ने ठहर गरेको थियो । जबर्जस्ती करणी अभियोगमा शाहविरुद्धको अभियोग नपुग्ने ठहर गर्दै उच्च अदालत पोखराले सफाइ दिने फैसलासमेत गरेको छ।

उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पलविरुद्धको जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो। अदालतको आदेशअनुसार सोमवार प्रकृया पुरा गरेर रिहा भएका हुन्। उनी रिहा हुँदा कारागारअगाडि सर्वसाधरणको भिड लागेको थियो।

बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा (आजकै दिन) जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।