बाटो नभएको ठाउँमा पुल बनाउने तीनजनाविरुद्ध मुद्दा

१४ फाल्गुन २०७९, आईतवार १७:३४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिवसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ।

गोरखामा बाटो नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा प्रदेश सचिव ईश्वरचन्द्र मरहट्टासहित तीनका बिरुद्ध बिशेष अदालत काठमाडौंमा आरोप पत्र दर्ता गरिएको छ ।