प्रचण्डले वाम एकता र सहकार्य चाहदैनन् : पार्वत गुरुङ

१४ फाल्गुन २०७९, आईतवार १७:०५

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता र सहकार्य नचाहेको नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा मिसन ग्रासरुट अभियान हेटौँडा उपमहानगरपालिकाका केन्द्रीय प्रतिनिधि पार्वत गुरुङले बताएका छन् ।

उनले नेकपा एमालेको हेटौँडा उपमहानगरपालिकाको बैठकलाई सम्बोधन गर्दै आठदलीय गठबन्धनपछि वामपन्थीहरूको सहकार्य र एकता प्रचण्डले नचाहेको प्रस्ट भएको बताए । मुलुकको वाम आन्दोलन बलियो बनाउन नेकपा एमाले बलियो हुनुको विकल्प नभएको उनको भनाइ छ ।

सत्ता परिर्वतनको कोर्षबाट आठदलीय गठबन्धनले मुलुकलाई विदेशीको क्रीडास्थल बनाउने, असफल बनाउने र बर्बादीतर्फ लैजाने गुरुङले आरोप लगाए ।