ओली र प्रचण्डको भेटवार्ता सकियो

१२ फाल्गुन २०७९, शुक्रबार १७:४१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेटवार्ता सकिएको छ ।

संसद भवनबाट बाहिरिएर ओली, प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच झण्डै २ घण्टा कुराकानी भएको छ ।
ओली बालुवाटारबाट बाहिरिए लगतै नेपाली कांग्रेसका नेताहरु पुगेका छन् । अहिले कांग्रेस, माओवादी, जनता समाजवादी (जसपा) र एकीकृत समाजवादीको बैठक बस्दैछ।

बिहान पनि राष्टपति र उपराष्ट्रपतिबारे छलफल गर्न चार दलको बैठक बसेको थियो । राष्ट्रपतिमा कांग्रेस र एकीकत समाजवादी तथा उपराष्ट्रपतिमा जसपाको दाबी छ । अहिले बस्ने चार दलको बैठकले यो विषय टुंगो लगाउने नेताहरुले बताएका छन्।