एमालेबाट राष्ट्रपतिको लागि पोखरेल र नेम्वाङ ओलीको रोजाइमा पर्लान् त ?

१२ फाल्गुन २०७९, शुक्रबार १५:३४

राष्ट्रपतिको उम्मेदवार शनिबार टुंगो लगाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकपछि उनले पार्टीले उम्मेदवार उठाउने बताए । संसदबाट बाहिरिँदै ओलीले भने, “भोलि एमालेले उम्मेदवार उठाउँछ, मनोनयन दर्ता हुन्छ । अरू घटनाक्रम थाहा छैन।”

राष्ट्रपतिको उम्मेदवार मनोनय भोलि हुँदै छ । उनले पुस १० गते नै उमेदवारी दिने निर्णय भएको समेत बताए । एमाले अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पार्टी एकीकरण गर्न आग्रह गर्दै राष्ट्रपतिको लागि प्रस्ताव समेतगरेका छन् । यस्तै एमाले पार्टी भित्रबाट उपाध्यक्ष इश्वर पोखरेल र सुवाष चन्द्र नेम्वाङको नाम पनि चर्चामा रहेको छ ।